घरपालुवा जनावरबाट नोवेल कोरोना भाइरस सर्न सक्छ
चीनबाट विश्वका विभिन्न २८ भन्दा बढि देशहरुमा फैलिएको कोरोना भाइरसबाट सबै त्रसित छन् । जनावरबाट मानिसमा सरेको भनिए पनि यो भाइरस कुन जनावरबाट आएको हो भन्ने पुष्टि अझै हुन सकेको छैन ।
वैज्ञानिकहरु यसका लागि अहोरात्र अनुसन्धानमा खटिरहेका छन् । त्यसैले हामी अहिलेको अवस्थामा जुनसुकै जनावरको सम्पर्कबाट सचेत हुनुपर्ने वैज्ञानिकहरुले बताएका छन् । त्यसैले आफ्नो घरमा पालिएका कुकुर बिरालोसँग पनि हामी सचेत हुनुपर्दछ ।
विश्व स्वास्थ्य संगठनका अनुसार
घरमा पालिएका कुकुर बिरालोलाई छोएपछि राम्ररी साबुन पानीले हात धुनु पर्दछ । ता कि कुकुर बिरालोबाट आफूमा र आफूबाट कुकुर र बिरालोमा संक्रमण नहोस् ।
हात धुँदा कोली र साल्मोनेला नाम गरेको ब्याक्टेरियाको संक्रमणलाई रोक्दछ । जसले कुकुर बिरालो अनि आफू स्वंम सुरक्षित हुन सकिन्छ ।
कोली र साल्मोनेला ब्याक्टेरिया जनावर र मानिस बीच सजिलै सर्दछ ।
तपाईँको अभिमत