नेपाल भ्रमण बर्षमा कोरोना भाईरसको प्रभाव
न्यूयोर्क । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपाल भ्रमण बर्ष २०२० मा पर्ने देखिएको छ । विनाशकारी भूकम्पपछि नेपालको पर्यटन क्षेत्र चिनिँया पर्यटकमा निर्भर रहदै आएको थियो । नेपाल आउने चिनिँया पर्यटकको संख्या बृद्धि हुन थालेपछि पछिल्लो चरणमा नेपालका क्यासिनो, होटललगायत क्षेत्रले चिनिँया पर्यटनकलाई आकर्षित गर्ने गरी लगानी बढाउदै आएका थिए । तर, कोरोना भाइरसको प्रकोपपछि यो बर्ष नेपाल आउने चिनियाँ पर्यटकको संख्या ह्वात्तै घट्ने भएको छ । अहिले चिनिँया पर्यटकले होटल बुकिङ रद्ध गरी भ्रमण स्थागित गर्न थालेपछि पर्यटन ब्यबसायीमा निराशा छाएको छ ।
भ्रमण बर्षमा करिब २० लाख पर्यटक नेपाल भित्राउने आकलन गरिपनि छिमेकी देशमा कोरोना भाइरस फैलिएपछि त्यो आकडा पुरा नहुने देखिएको छ । कतिपय एयरलाइन्सले कोरोना भाइरसका कारण चीनबाट उडान समेत रद्य गरेका छन् । त्यसमाथि चिनिँया पर्यटकलाई विशेष निगरानीमा राखिएको छ । अहिले चीनको नयाँ बर्ष चलिरहेको अबस्थामा भएको यो महामारीले नेपालको पर्यटन क्षेत्र भने नराम्ररी ओरालो लाग्ने देखिएको छ । चिनिँया पर्यटकलाई लक्षित गर्दै ब्यबसायी संचालन गर्दै आएका नेपालका पर्यटन ब्यबसायीले चीनको नयाँ बर्षलाई लक्षित गरी सजाबटलगायत क्षेत्रमा लगानी बढाएका थिए । तर अब त्यो लागनी डुब्ने अर्थमा देखिएको छ ।
पछिल्लो चरणको तथ्याकं अनुसार नेपाल घुम्न आउने चिनिँया पर्यटकको संख्यामा करिब दश प्रतिशतले बृृद्धि भएको छ । चिनिँया राष्ट्रपतिको आगमन र चीनका प्रख्यात कलाकारलाई पर्यटन दुत बनाएपछि उनीहरुले गरेको भ्रमण बर्षको प्रचारको कारण यो बर्ष चीनका पर्यटकको संख्यामा अझ सुधार आउने अपेक्षा गरिएको थियो । तर, अब कोरोनाले पर्यटकको संख्या घट्ने अबश्य छ ।
एक तथ्याकं अनुसार नेपालमा पछिल्लो आठ महिनामा करिब ७ लाख ८२ हजार पर्यटक नेपाल घुम्न आएका थिए । त्यसमा एक लाख दश हजार चिनिँया पर्यटक थिए । काठमाडौंका ठमेल, पोखरा, लुम्बिनी सौराहालगायत पर्यटकीय क्षेत्र चिनिँया पर्यटकले भरिभराउ हुन्थे । अब कोरोनाको महामारीले ती क्षेत्र सुनसान हुने देखिन्छ । भ्रमण बर्षमा सरकारले गरेको करोडौंलगानी कता जान्छ त्यो त थाहाँ छैन, तर महामारी यसरी फैलिरह्यो भने नेपालका धेरै पर्यटन ब्यबसायी सडकमा आउने सम्भावना बलियो छ । यसतर्फ सरकारले ध्यान दिने की !जय पर्यटन !

सन्जोग आचार्य
हेल्थपाटी
तपाईँको अभिमत