दृष्टिविहीन विद्यार्थीलाई एआई जडित चश्मा दिइने, प्रत्येक महिना जिल्ला अस्पतालमा मानसिक स्वास्थ्य घुम्ती सेवा
प्रदेश १ का दृष्टिविहीन विद्यार्थीलाई एआई जडित चश्मा दिइने भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेटमा यस्तो व्यवस्था गरिएको स्वास्थ्य मन्त्रीसमेत रहनुभएका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले जानकारी दिनुभयो ।
‘सबै हाम्रा सन्तानहरू एकैनासको त जन्मिदैनन् । कोही फरक किसिमले जन्मिन्छन् । उनीहरू विद्यालय गइरहेका छन्’, बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘विद्यालय गइरहेका दृष्टिविहीन विद्यार्थीलाई एआई जडित चश्मा वितरण गर्ने व्यवस्था स्वास्थ्य मन्त्रालयमार्फत् गरिएको जानकारी गराउँदछु ।’
उहाँले प्रदेशमा मानसिक रोगको शिकार धेरै सङ्ख्यामा रहेको बताउनुभयो । कतिपयलाई आत्महत्या गर्ने, काठमाडौं पु¥याउनुपर्ने त कतिपयलाई सुँगुरको खोर र बाख्राको खोर जस्ता ठाउँमा राख्नुपर्ने अवस्था सिर्जना भएकाले हरेक जिल्ला अस्पतालमा प्रत्येक महिना मानसिक रोग घुम्ती सेवा प्रदान गरिने बताउनुभयो ।
हरके महिना जिल्ला सकेसम्म जिल्ला अस्पतालमा विशेषज्ञसहितको टोली पुगेर परामर्श तथा उपचार सेवा दिने व्यवस्था गरिएको उहाँले जानकारी गराउनुभयो । त्यस्तै आवश्यक भएका बिरामीलाई मानसिक रोगको निःशुल्क औषधि वितरण पनि गरिने बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत