विराट हेल्थ कलेजकी छात्रामाथि सामूहिक बलात्कार प्रकरणमा दुई कराँते प्रशिक्षक दोषी ठहर
विराट हेल्थ कलेजमा अध्ययनरत एक छात्रामाथि सामूहिक बलात्कारमा दुई कराँते प्रशिक्षक दोषी ठहरिएका छन् । जिल्ला अदालत मोरङले सुरज भनिने अमर सुवेदी र विनोद राउतलाई बुधबार दोषी ठहर गरेको हो ।
जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो। उहाँहरुको सजाय निर्धारण हुने भने बाँकी नै छ। कात्तिक २२ गतेलाई सजाय निर्धारणका लागि तोकिएको छ।
सुवेदी विराट हेल्थ कलेजमा डिसिप्लेन इन्चार्ज पनि हुनुहुन्थ्यो ।
सुनसरीको इटहरी घर हुनुभएकी विराट हेल्थ कलेजकी छात्रालाई एक होटलमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा उहाँहरू पुर्पक्षका लागि थुनामा हुनुहुन्थ्यो । विराटनगरको एक होटलमा सामूहिक बलात्कार गरेको भन्दै पीडित छात्राले उजुरी दिनुभएको थियो ।
परीक्षामा सहयोग गर्ने बहानामा छात्रासँग नजिकिनुभएका सुवेदीले पटक–पटक करणी गर्नुभएको थियो । सुवेदीले २०७९ जेठ अन्तिम साता छात्रालाई इच्छा विपरीत होटलमा लगेर आफ्ना नजिकका साथी राउतलाई पनि बोलाउनुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत