कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी श्रेष्ठको निधन
काठमाडौं । कोरोना संक्रमणबाट अछाममा कार्यरत एक स्वास्थ्यकर्मीको निधन भएको छ ।
अछामको तुर्माखाँद गाँउपालिका वडा नम्बर २ स्थित रहफ स्वास्थ्य चौकीमा कार्यरत ५५ बर्षका सिनियर अहेब कपिल श्रेष्ठको निधन भएको हो ।
कोरोना भाइरस नियन्त्रण र रोकथाम व्यवस्थापनमा खटिनुभएका श्रेष्ठको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा निधन भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिनुभयो ।
स्थायी घर धनगढी उपमहानगरपालिका वडा नम्बर ५ भएका श्रेष्ठको घर गएका बेला परिक्षण गर्दा कात्तिक २४ गते कोरोना पुष्टि भएको थियो ।
कोरोना संक्रमणबाट मृत्यु हुने उहाँ अछाम जिल्लामा कार्यरत पहिलो स्वास्थ्यकर्मी हुनुहुन्छ ।जोशीका अनुसार जिल्लामा हाल १७ जना सक्रिय संक्रमित रहेका छन् । अछामका कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भइसकेको छ ।
तपाईँको अभिमत