नेपाल चिकित्सक संघको निर्वाचन स्थगित
अ +
अ -
नेपाल चिकित्सक संघको निर्वाचन स्थगित भएको छ। संघले सूचना निकालेर पूर्व निर्धारित तालिका अनुसार तय गरिएको निर्वाचन स्थगित भएको जानकारी दिएको छ ।
संघले पाटन उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशलाई मध्यनजर गर्दै पूर्व निर्धारित निर्वाचन कार्यक्रम स्थगित गरिएको र निर्वाचन समितिबाट अर्को सूचना जारी गरी निर्वाचन कार्यक्रम सम्बन्धी नयाँ तालिका सार्वजनिक गरिने बताएको छ ।
यसअघि पहिलो चरणमा उपत्यका बाहिर माघ २ र ३ र उपत्यका भित्र १५, १६ र १७ माघमा निर्वाचन हुने तालिका थियो।
हेल्थपाटी
तपाईँको अभिमत