उपत्यकामा थपिए ३९२४ जना कोरोना संक्रमित
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ३ हजार २५०, भक्तपुरका २२६ र ललितपुरका ४४८ जना संक्रमित भेटिएका हुन् ।
गत २४ घण्टामा ९ हजार ३ सय ५ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ६ सय ३४ पुगेको छ ।
जसमध्ये ९४ हजार ३ सय ४३ जना होम आइसोलेसन र ७ हजार २ सय ९१ जना संस्थागत आइसोलेसनमा छन् । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा १ सय ६८ जना संक्रमितको मृत्यु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत