प्रधानमन्त्री देउवाद्वारा सीता दाहालको स्वास्थ्य अवस्थाबारे चासाे व्यक्त

तस्विर: गंगा दाहालको फेसवुकबाट
प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवा प्रचण्डनिवास खुमलटार पुग्नुभएको थियो । देउवाले सीताको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छोरी गंगा दाहालले जानकारी दिनुभएको छ । देउवाले सितालाई भेट्नुभएको तस्विर गंगाले फेसवुकमा पोष्ट गर्नुभएको छ । सिता लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)बाट पीडित हुनुहुन्छ ।
यो रोग पूर्णरुपमा निको नहुने र रोकथाममात्र गर्न सकिने चिकित्सकहरु बताउँछन् । सीतालाई अमेरिका, सिंगापुर र भारतका विभिन्न अस्पतालमा लगेर उपचार गराइसकिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत