नयाँ प्रकारको कोरोना भाइरसले अन्तर्राष्ट्रिय अलार्मको संकेत
लन्डन । बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरसले अन्तर्राष्ट्रिय स्तरमा अलार्म बजाएको छ । युरोपियन मुलुकहरूले बेलायतबाट आफ्नो मुलुकमा हुने यात्रामा प्रतिबन्ध लगाएसँगै यसको संकेत देखिएको हो ।
हालसम्म ४० भन्दा बढी देशहरूले बेलायतबाट हुने यात्रालाई प्रतिबन्ध लगाएका छन् । त्यस्तै युरोपियन युनियनका मुलुकले साझा नीति अवलम्बन गर्ने योजना बनाइरहेका छन् ।
स्वीडेनले डेनमार्कमा समेत नयाँ प्रकारको भाइरस देखा परेपछि त्यहाँबाट हुने यात्रालाई प्रतिबन्ध लगाएको छ । नयाँ प्रकारको कोरोना भाइरस अति तीव्र गतिमा फैलिने बताइएको छ ।
पहिलेको भाइरसभन्दा ७० प्रतिशत बढी तीव्र गतिमा फैलिने बताइएको छ । तर यो बढी खतरनाक भएको कुनै पनि प्रमाण भेटिएको छैन ।
दक्षिण अफ्रिकामा पनि नयाँ प्रकारको भाइरस देखा परेपछि कयौँ मुलुकले त्यहाँबाट आफ्नो मुलुक आउने यात्रुलाई रोक्न थालेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत