उपत्यकामा आज ४२७ जनालाई कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं उपत्यकामा ४२७ जनालाई कोरोना पोजेटिभ देखिएकाे छ ।
काठमाडौंमा ३०८, भक्तपुरमा ४३ र ललितपुरमा ७६ जनालाई संक्रमण पुष्टि भएको हाे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ५ हजार ४५५ निको भएका छन् भने २७ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ५८६ पीसीआर र ४७६५ जनाको एन्टीजेन गरि जम्मा १४ हजार ३५१ परीक्षण भएको छ । जसमा पीसीआरमा १७२१ र एन्टीजेनमा ७५५ जनालाई पोजेटिभ देखिएको छ ।
अहिलेसम्म नेपालमा ६ लाख ६१ हजार ८४१ जनालाई कोरोना पुष्टि भएको छ जसमध्ये ५ लाख ७६ हजार ४१३ जना निको भएका छन् भने ८ हजार ९४५ जनाको मृत्यु भएको छ। अहिले सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ रहेको छ।
हेल्थपाटी
तपाईँको अभिमत