देशका ६ वटा अस्पतालमा आइसीयू, एचडीयू, भेन्टिलेटर जडान गर्न करिब ८ करोड बजेट निकासा
काठमाडौं । देशका विभिन्न ६ वटा अस्पतालमा अक्सिजन प्लान्ट, आइसीयू, एचडीयू र भेन्टिलेटर जडानका लागि ७ करोड ७० लाख रुपैयाँ बजेट निकासा हुने भएका छ ।
अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयबाट आएको पत्रका आधारमा ६ वटा अस्पतालमा उपकरण र अक्सिजन प्लान्ट निर्माणका लागि बजेट निकास गर्ने सहमति दिएको हो ।
पाल्पाको रामपुर अस्पतालमा अक्सिजन प्लान्टका लागि ७५ लाख रुपैयाँ र ५ बेड एचडीयू जडानका लागि ८० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।
बेनी अस्पताल म्याग्दीका लागि अक्सिजन प्लान्ट जडानका लागि ७५ लाख रुपैयाँ, रुकुम अस्पताल रुकुम पूर्वका लागि एचडीयू ५ बेडका लागि ८० लाख रुपैयाँ, प्युठान अस्पताल बिजुवारका लागि ५ बेड एचडीयूका लागि ८० लाख रुपैयाँ, रोल्पा अस्पताल रोल्पाका लागि ५ बेड एचडीयूका लागि ८० लाख रुपैयाँ बजेट बिनियोजन गरेको मन्त्रालयले जनाएको छ ।
चौरजहारी अस्पताल रुकुमका लागि ५ बेड आइसीयू र २ भेन्टिलेटरका लागि ३ करोड रुपैयाँ बिनियोजन गरिएको अर्थ मन्त्रालयको पत्रमा उल्लेख छ ।
हेल्थपाटी
तपाईँको अभिमत