डाक्टरको आन्दोलनले हजारौं बिरामी उपचारबाट वञ्चित(भिडियो)
नेपाल चिकित्सक संघको आव्हानमा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द भयो । बिरामीहरुअत्यावश्यक उपचार पाउनबाट वञ्चित भए । आज हामी काठमाडौंका केही सरकारी तथा निजी अस्पतालमा अस्पतालहरुमा पुगेका थियौं ।
अधिकांस सरकारी अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द थिए । निजीमा ओपिडी सेवा बन्द भनिपनि इमरजेन्सीको टिकट काटेर उपचार भइरहेको देखियो । नर्भिक अस्पतालमा ओपिडी सेवा खुला थियो भने ह्याम्स, मेडिसिटी, अल्का अस्पतालमा इमरजेन्सीको टिकटमा उपचार भइरहेको थियो ।
सरकारी अस्पताल गंगालाल र कान्तीबाल अस्पतालमा सेवा खुला थियो । शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, ट्रमा अस्पताल, प्रसुती अस्पतालमा सेवा बन्द थियो । प्रसुती अस्पताल अगाडिनै रहेको नर्भिक अस्पतलामा भने सेवा खुला थियो ।
अस्पताल पुगेर उपचार नपाई फर्कन परेपछि गर्भवती श्रीमतीलाई परीक्षणका लागि बुटवलदेखि शिक्षण अस्पताल ल्याउनुभएका एक युवाको गुनासो यस्तो थियो ।
शिक्षण अस्पताल पुग्नुभएकी स्वयम्भुकी अस्मिता मगरले डाक्टरको आदोलनले आफुहरुले दुख पाएको दुखेसो गर्नुभयो । उहाँले क्यानसर बिरामी ९० वर्षका ससुरालाई उपचारका लागि शिक्षण अस्पताल पुर्याउनुभएको थियो ।
आइतबार दिउँसो वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर पुग्दा थुप्रै सेवाग्राही अलमल अवस्थामा थिए ।
अस्तपालको सेवा बन्द भन्ने जानकारी नभएर टाढा–टाढा देखिका बिरामी पनि आएका थिए । सेवा बन्द भएपछि केही विकल्पको निकिन्छ कि भनेर कुरिरहेका देखिन्थे ।
राष्ट्रिय काठमाडौं तारकेश्वरबाट आउनुभएकी ज्ञानु कार्की खुट्टामा स्टिल राख्न शल्यक्रियाका लागि आउनुभएको थियो । अप्रेसन गर्न भनेर पानी समेत नखाइ आउनुभएकी उहाँ बेलुकासम्म हुन्छ कि भनेर भोकै कुरिरहनुभएको थियो।
राष्ट्रिय ट्रमा सेन्टरमा नेपालगन्ज, धादिङ, गोरखादेखि आएका बिरामीहरु भेटिए । अस्पतालको सेवा बन्द हुँदा निकै समस्या भएको सेवाग्राहीको गुनासो थियो ।
वीर अस्तपाल प्रांगणमा आन्दोलन सफल पार्न ब्यानरसहित चिकित्सकहरुको समूह धर्नामा बसिरहेको थियो ।
बिरामीहरु कोही बेन्चमा कोही अस्पतालको पेटीमा बसिरहेका देखिन्थेँ।
प्रतिनिधिसभा सदस्य हर्कमाया विक अस्तपाल छिर्ने ढोकै अगाडि बसिरहनुभएको थियो । औाषधि लिन आएको उहाँले सुनाउनुभयो ।
फेरि–फेरि यस्तो घटना नहोस् भनेर सेवा बन्द गरेर आन्दोलन गर्नु परेको भनाइ आन्दोलनरत चिकित्सकको छ ।
गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत २ जना डाक्टरमाथि मृतकका आफन्तले कुटपिट भयो । सुरक्षाको माग गर्दै चिकित्सकहरुले अत्यावश्यक सेवा अन्तर्गत रहेको उपचार सेवानै बन्द गरे ।
उक्त घटनामा संलग्न सम्पूर्ण दोषीलाई प्रक्राउ गरि कारबाही प्रक्रृया अगाडि बढाउनपर्ने माग चिकित्सकहरुको छ । घटनामा संलग्न मृतककी श्रीमती, छोरा, छोरी भतिज ४ दिन देखि प्रहरी नियन्त्रणमा छन् । उनीहरुमाथि छानबीन गर्न ३ दिनको म्याद थपिएको छ ।
भिडियो
हेल्थपाटी
तपाईँको अभिमत