नयाँ तलबमानमा सरकारले सच्यायो स्वास्थ्यकर्मीको ग्रेड, अब पाउनेछन् यस्तो सुविधा
सरकारले नयाँ तलबमानमा स्वास्थ्यका कर्मचारी लगायत प्राविधिकहरुले पाउँदै आएको ग्रेडलाई सच्चाएको छ । सरकारले साउन १ गतेदेखि सरकारी कर्मचारीहरुका लागि लागू गरेको नयाँ तलवमान र सुविधामा यसअघि प्राविधिक कर्मचारीहरुले पाउदै आएको ग्रेड छुटेपछि सच्याउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका थिए । अहिले यो समस्या समाधान भएको छ ।
२०५७ साउन १ गतेभन्दा अघिका प्राविधिक कर्मचारीहरुलाई पनि ग्रेडबापतको रकम नयाँ तलबमानमा थप गरिएको छ । अब स्वास्थ्य तर्फका कर्मचारीहरुले पुरानै व्यवस्था अनुसार तलव पाउने छन् ।
२०५७ सालअघि प्राविधिक कर्मचारीहरुलाई निजामती कर्मचारीको भन्दा थप २ ग्रेडको तलव सुविधा दिने व्यवस्था थियो । २०५७ सालमा तत्कालिन सरकारले बजेटमा उक्त कार्यक्रम हटाएको थियो तर प्राविधिक कर्मचारीहरुले आफुले खाइपाई आएको सुविधा कटौती नगर्न अनुरोध गरेपछि फेरि सो सुविधा कायम गरिएको थियो ।
यद्यपी अझैपनि स्वास्थ्यका कर्मचारी र अन्य कर्मचारीहरुमा ग्रेडमा असमान रहेको गुनासो स्वास्थ्यकर्मीहरुले गरिरहेका छन् ।स्वास्थ्यका कर्मचारीहरुको ग्रेड मापनमा पहिला पाउदै आएको ग्रेड छुटाइँदा महामारीको अहिलेको समयमा स्वास्थ्यकर्मीको मनोबल घट्ने भन्दै स्वास्थ्यकर्मीहरुले निर्णय सच्याउन सरकारसँग माग गरेका थिए ।
प्राविधिकहरुलाई अन्य निजामती कर्मचारीको भन्दा थप २ ग्रेड दिइने व्यवस्था छ । सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीहरुलाई नयाँ तलवमान र सुविधाको व्यवस्था गरिएको हो ।
आर्थिक वर्ष २०७८ ७९ को बजेटले एक ग्रेड बराबर एक दिनको तलव दिने व्यवस्था गरेको छ । कर्मचारीहरुको तहअनुसार ग्रेड प्रत्येक वर्ष बढ्दै जान्छ र सोही अनुसार मासिक तलवदेखि प्रोत्साहन भत्ता, पेन्सन, सञ्चयकोषको सुविधा उनीहरुले पाउने गर्दछन् ।
salary
हेल्थपाटी
तपाईँको अभिमत