गर्मीमा कस्ता स्वास्थ्य समस्या आउन सक्छन् ?, यी लक्षण देखिए के गर्ने ?
गर्मी मौसममा विभिन्न किसिमका बिमारीका लक्षण देखिन सक्छन् । कतिपय लक्षण सामान्य सतर्कता अपनाउँदा निको हुने किसिमका हुन्छन् भने कतिपय चिकित्सकीय सल्लाह तथा उपचारको आवश्यकता पर्छ ।
गर्मीमा वृृद्धवृद्धा, गर्भवती महिला, बालबालिका तथा बाहिर काम गर्ने कामदार जोखिममा हुन्छन् ।
गर्मीमा कस्ता लक्षण देखिन सक्छन् ?
– छाला तातो, रातो र सुख्खा हुने,
– टाउको दुख्ने,
– सासको गति तीव्र हुने र मुटुको धड्कन बढ्ने,
– शरीरको तापक्रम ४० डिग्री सेल्सियस वा १०४ फरेनहाइट भन्दा बढी हुने,
– रिंगटा लाग्ने, वान्ता हुने,
– मांसपेसी कमजोर हुने तथा ऐठन हुने,
– चिन्ता हुने, चक्कर लाग्ने, बेहोस हुने र हल्का टाउको दुख्ने ।
अस्वस्थ महसुस गरे के गर्ने ?
– प्रशस्त पानी पिउने,
– चिसो ठाउँमा बसी आराम गर्ने,
– चिसो पानीले नुहाउने ।
कस्तो अवस्थामा चिकित्सकलाई सम्पर्क गर्ने ?
– गर्मीका कारण बाउडिएको मांसपेशी एक घण्टाभन्दा बढी समयसम्म रहिरहेमा,
– अचेत भएमा,
– शरीरको तापक्रम ४० डिग्री सेल्सियस वा १०४ फरेनहाइट भन्दा बढी भएमा,
– लक्षणहरू झन बिग्रदै गएमा ।
(विश्व स्वास्थ्य संगठन, नेपाल)
हेल्थपाटी
तपाईँको अभिमत