आँखा जाँच गर्दा शरीरका अन्य भागमा भएकाे क्यान्सर पनि पत्ता लाग्छ(भिडियो)
आँखाको जाँच गर्दा शरीरका अन्य भागमा भएका गम्भीर रोगहरु समेत पत्ता लाग्ने गरेको भिट्रियोरेटिनल सर्जन डा.रबा थापा बताउनुहुन्छ।
आँखाको समस्या लिएर जाँच गर्न आएका बिरामीमा गम्भीर क्यान्सर, ब्रेनट्युमर, मस्तिष्कधात जस्ता रोग समेत देखिने डा.थापाले जानकारी दिनुभयो।
आँखा जाँच गर्दा पत्ता लाग्ने अन्य रोगमा सबैभन्दा बढी मधुमेह रहेको हेल्थपाटीसँगको कुराकानीमा डा.थापाले जानकारी दिनुभयो।
उहाँका अनुसार मधुमेहले आँखाको पर्दामा असर गरेर आँखाको रेटिनाबाट रक्तश्राव हुने, उपचार ढिलो भएमा आँखाको पर्दा खुम्चिने, अत्याधिक रक्तश्राव हुने हुन्छ। कसैलाई मधुमेहका अन्य लक्षण नदेखिने एकै पटक आँखामा असर गरेपछि मात्रै थाहा हुनेपनि हुन्छ। यस्तो अवस्थामा एकै पटक आँखामा समस्या देखिएर जाँच गर्न आउँदा मात्रै मधुमेह पत्ता लाग्छ। आँखामा देखिएको लक्षणका आधारमा शंका लागि जचाउन लगाउँदा अन्य देखिने गरेको उहाँले सुनाउनुभयो।
मधुमेह बेलैमा उपचार हुनसकेन भने दृष्टि गुम्ने खतरा पनि हुन्छ।
डा.थापाका अनुसार मधुमेहपछि आँखा जाँचबाट पत्ता लाग्ने अर्काे रोग उच्च रक्तचाप हो। यसले आँखाको भित्री नसामा साधुरिँदै जाने, उच्च रक्तचाप नियन्त्रण भएन भने आँखामा धेरै समस्या आउने हुन्छ। आँखाको दृष्टि नसा सुन्निने, पर्दा सुन्निने हुँदा आँखा धमिलो भएर आएको हुन्छ। त्यसको बिरामी पनि आफूहरु कहाँ उपचारका लागि आउने गरेको डा.थापाले जानकारी दिनुभयो।
मधुमेह तथा उच्चरक्त चाप आँखामा असर गरेपछि मात्रै थाहा हुनेमा युवा उमेरका बिरामी धेरै हुने पनि उहाँले बताउनुभयो। युवा उमेरका व्यक्तिले मधुमेह, उच्च रक्तचाप खासै जाँच गरेका हुँदैनन्।
समयमा परीक्षण नगर्दा कोलेस्टेरोल उच्च भएर अन्य अंगमा असर नगरी सिधै आँखामा समस्या भएपछि मात्रै पत्ता लागेको केस पनि भएको डा.थापाको भनाइ छ।
केही बिरामीलाई आँखामा देखिएको समस्याका आधारमा शंका लागेर जाँच गराउन लगाउँदा एभआइभी एड्स समेत पत्ता लागेको उहाँले सुनाउनुभयो।
एड्सको बिरामीका आँखाको नसा सुन्निएर आइसकेपछि आँखको पर्दामा देखिएको असरका आधारमा जाँच गराउँदा एचआइभी पत्ता लागेको बिरामी पनि हुनुहुन्छ’ डा.थापाले भन्नुभयो। यसबाहेक वाथको बिराम िछ भने आँखामा सुख्खापन हुने, आँखाको पानी धमिलो हुने समस्या हुन्छ।
युनाइटेड आर्थराइटिस भन्ने समस्या ढाडको समस्याको औषधि खाइरहेका व्यक्ति छन् भने उनीहरुलाई मोतियाविन्दु, जलविन्दुको समस्या पनि हुनसक्ने तर बिरामीलाई थाहा नहुने थापा बताउनुहुन्छ।
आँखाँ जाँचबाट ब्रेनट्युमर पनि पत्ता लाग्छ ?
यसबारे डा. थापा भन्नुुहुन्छ–आँखाको दष्टि नसा जुन हुन्छ, त्यसलाई अप्टिक नर्भ भन्छौँ। त्यो दिमागबाट आएको हुन्छ। यदि कसैको टाउकोमा ट्युमर छ, मस्तिष्कमा रक्तश्राव भएको छ भनेदेखि टाउकोको प्रेसरले गर्दा आँखाको नसा सुन्निने हुनसक्छ।
हामीले सुरुमा हेर्दा बिरामी आँखा धमिलो भएर आउनुहुन्छ। सुरुमा हामीले टाउकोको एमआरआइ गर्छौँ। त्यो बेला मस्तिष्कको ट्युमर तथा रक्तश्राव पत्ता लागेका घटना पनि छन्।
क्यान्सर जस्तो राग पनि आँखा हेरेर पत्ता लगाउन आँखा जाँचबाट पत्ता लाग्ने डा.थापाले सुनाउनुभयो।
उहाँ यसलाई यसरी प्रष्ट पार्नुहुन्छ–यसमा दुइथरी हुन्छ। एउटा शरीरको क्यान्सर आँखामा फैलिएको र आँखाको क्यान्सर शरीरमा फैलिएको पनि हुनसक्छ।
कोरिडल भन्ने आँखाको भित्री भागको क्यान्सर हुन्छ। त्यो शरीरका अन्य भागबाट आएको हुनसक्छ। छातीबाट, कहिले कहीँ पेटबाट, मस्तिष्कबाट पनि आएको हुनसक्छ। महिलाहरुमा पाठेघरको ट्युमर हुनसक्छ। पुरुषमा फोक्सोको पनि हुनसक्छ। यस्तोमा आँखामा पर्दा खुम्चिएर, दृष्टि धमिलो हुनसक्छ।
कहिले कहीँ एक्कासी एउटा वा दुवै आँखा बन्द भएर बिरामी जाँच गर्न आउने गरेको उहाँले जानकारी दिनुभयो। यस्तो हुनु भनेको स्ट्रोक अर्थात मस्तिष्कधातको लक्षण भएको डा.थापाले बताउनुभयो। एक्कासी आँखा बन्द भएर आएका बिरामीमा जाँच गर्दा स्ट्रोक देखिएको पनि उहाँले जानकारी दिनुभयो। भएर पनि त्यस्तो समस्या देखिन्छ।
डा. थापाका अनुसार आँखा जाँचका लागि बिरामी आउँदा सुरुमा काम दृष्टि ठिक छ, छैन भनेर हेर्ने हुन्छ। त्सपछि विशेष खालको लेन्स प्रयोग गरेर भित्री भाग रेटिना अर्थात पर्दाको अवस्था हेरिन्छ। त्यहाँ गरेको असरका आधारमा अन्यरोगको शंका लागेमा थप जाँच गराइन्छ।
यस बारे डा थापासँगको कुराकानी हेल्थपाटीको युट्युबमा पनि हेर्न सक्नुहुन्छ
हेल्थपाटी
तपाईँको अभिमत