किशोर किशोरीको मानसिक स्वास्थ्यमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
किशोर किशोरीको मानसिक स्वास्थ्यमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । काठमाडौंमा असोज १५ र १६ गते सम्मेलन हुने भएको हो ।
सम्मेलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को नेतृत्वमा बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य साउथ एशिया नेटवर्क ९क्याम्सन०ले सम्मेलनको आयोजना गर्न लागेको हो ।
क्याम्सन सन् २०२३ मा दक्षिण एसियामा बालवालिका तथा किशोर किशोरीको मानसिक स्वास्थ्य सेवाको आवश्यकतालाई सम्बोधन गर्न स्थापना गरिएको हो । क्याम्सनका अध्यक्ष एवं बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य विशेषज्ञ डा।अरुण कुँवरले सम्मेलनको प्रमुख उद्धेश्य दक्षिण एसियाका बालबालिका र किशोरकिशोरीहरूको मानसिक स्वास्थ्यलाई अगाडि बढाउन संवाद, सहयोग र सहकार्यको लागि मञ्च प्रदान गर्नु रहेको जानकारी दिनुभयो ।
सम्मेलनमा विभिन्न वैज्ञानिक कार्यपत्र प्रस्तुत गरिने र मानसिक स्वास्थ्यमा देखिएका समस्या एवं त्यसको सामाधानको उपाय खोजिने उहाँले बताउनुभयो । उहाँका अनुसार सम्मेलनबाट मानसिक स्वास्थ्य सुधारमा सरकारले चाल्नुपर्ने कदमबारे छलफल हुनेछ ।
युवाहरूमा मानसिक स्वास्थ्य समस्या व्यापक बन्दै गइरहेकोहबले त्यसलाई नियन्त्रण गर्न सम्मेलनको आयोजना गर्न लागिएको हो । ुसम्मेलनले विश्वभरका विशेषज्ञहरू, चिकित्सकहरू, नीति निर्माताहरू र सरोकारवालाहरूलाई ज्ञान आदानप्रदान गर्न, उत्कृष्ट अभ्यासहरू साझा गर्न र बालबालिका तथा किशोरकिशोरीहरूका लागि मानसिक स्वास्थ्य परिणामहरू सुधार गर्न रणनीतिहरूमा सहकार्य गर्ने उद्देश्यु राखेको छ ।
नेपालमा तेस्रो पटक सम्मेलन आयोजना हुन लागेको हो । यसअघि किशोर किशोरीहरूको मानसिक स्वास्थ्य सम्बन्धी सम्मेलन सन् २०१८ मा पहिलो र २०२२ मा दोस्रो पटक सम्पन्न भएका थिए ।
हेल्थपाटी
तपाईँको अभिमत