सुरक्षित गर्भपतन गराउने घटे, २० वर्षमुनिका न्यून

फाइल फोटो
सुदूरपश्चिमको बैतडी जिल्लामा सुरक्षित गर्भपतन गराउनेको संख्या घट्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा रहेको तीन वर्षको तथ्यांक हेर्दा सुरक्षित गर्भपतन गराउनेको घट्दै गएको देखिएको हो ।
स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७÷७८ मा ५६५ ले सुरक्षित गर्भपतन गराएका छन् । यो संख्या अघिल्लो वर्ष २०७६÷७७ मा ५८१ थियो भने त्यो भन्दा अघिल्लो वर्ष २०७५÷७६ मा ७७७ थियो ।
तीन आर्थिक वर्षमा सुरक्षित गर्भपतनको सेवा लिने मध्ये ५५ जना २० वर्षमुनिका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा गत आर्थिक वर्षमा २० वर्षमुनिका ११ जनाले गर्भपतनको सेवा लिए । आव २०७५÷७६ मा २४, र आव २०७६÷७७ मा २० जनाले २० वर्षमुनिका महिलाले यो सेवा लिएका छन् ।
परिवार नियोजन सेवाहरु सहज उपलब्ध हुँदा यसको प्रयोग बढ्दै गएकाले गर्भपतन गराउने महिलाको सङ्ख्यामा कमी आएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।
यस्तै जिल्लामा नौवटा सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेको छ । जिल्ला अस्पताल, सिद्धेश्वर स्वास्थ्यचौकी, पाटन प्राथमिक स्वास्थ्यकेन्द्र, विशालपुर स्वास्थयचौकी, शर्माली स्वास्थ्यचौकी, हाट स्वास्थ्यचौकी, रिम स्वास्थ्यचौकी, कोटपेटरा स्वास्थ्यचौकी र गिरेगडा स्वास्थ्यचौकीमा सेवा उपलब्ध रहेको हो ।
हेल्थपाटी
तपाईँको अभिमत