एमाले नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल
अ +
अ -
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । खनालका स्वकीय सचिव कृष्ण भट्टराईले सूचना जारी गरी यसबारे जानकारी दिनुभएको छ ।
भारतको नयाँ दिल्ली स्थित एपोलो अस्पतालमा बुधबार डा.सन्दीप गुलेरियाको नेतृत्वमा खनालको सफलतापूर्वक मिर्गौला पुत्यारोपण भएको भट्टराईले बताउन भएको छ ।
सकीय सचिव भट्टराईका अनुसार केही समय अस्पतालमा आराम गरेर खनाल नेपाल फर्किनु हुनेछ ।
स्वास्थ्यमा समस्या भएपछि नर्भिक अस्पताल भर्ना हुनुभएका खनाललाई असार २ गते दिल्ली लगिएको थियो । यसअघि एपोलो अस्पतालमा डा. अखिल मिश्राको नेतृत्वमा खनालको उपचार भइरहेको भट्टराईले जानकारी दिनुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत