स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकको सातौ शिखर सम्मेलन शुरू
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकको सातौ शिखर सम्मेलन शुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा शुरु भएको छ । दुई दिने सम्मेलन यसपटक पनि कोरोना महामारीका कारण भरच्युअल रुपमा गरिदैछ । यसबर्ष पनि ‘जनस्वास्थ्य संकटको बेला अनुसन्धान नीति र कार्यान्वयनको लागि प्रमाण’ भन्ने नाराका साथ दुई दिनसम्म सम्मेलन चल्नेछ ।
सम्मेलनको उदघाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्ण गोपाल श्रेष्ठले गर्नुभएकाे छ । सम्मेलनको मुख्य वक्ताको रुपमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को दक्षिण पूर्वी एसियाकी प्रमुख डा पुन क्षेत्रपालसिंह रहनुहुने भएको छ । अक्सफोर्ड युनिभर्सिटी युकेका प्राडा सर पिटर हर्बेको पनि विशेष वक्ताको रुपमा सहभागि हुन लाग्नुभएको छ ।
कोरोना जोखिमका कारण यसपटक पनि दुई दिने सम्मेलन भर्च्युअल विधिबाट सम्पन्न गर्ने आयोजक नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । सम्मेलनको पूर्व सन्ध्यामा परिषदले गरेको पत्रकार सम्मेलमा अध्यक्ष प्राडा. गेहनाथ बरालले स्वास्थ्य क्षेत्रमा गरिएका अनुसन्धानलाई थप प्रभावकारी बनाउन र स्वास्थ्य क्षेत्रमा अनुसन्धान गरिरहेका युवा बैज्ञानिकहरुलाई थप प्रोत्साहित गर्न सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो ।
उहाँले स्वास्थ्य तथा जनसंख्या विज्ञहरुलाई एउटै थलोमा भेला गरी जनस्वास्थ्य संकटको बेला अनुसन्धानको आवश्यकताको बारेमा छलफल गर्ने तथा जिम्मेवारीपूर्वक अनुसन्धान कार्य गर्न अभिप्रेरित गर्ने लक्ष्य रहेको बताउनुभयो ।
परिषद्का कार्यकारी सदस्यसचिव डा. प्रदीप ज्ञवालीले सम्मेलनलाई पारदर्शी बनाउन विभिन्न समिति तथा उपसमिति गठन गरिएको समेत जानकारी दिनुभयो । डा. ज्ञवालीका अनुसार सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुले आफ्नो खोज तथा अनुसन्धानका बारेमा ४७ वटा अनुसन्धान मुलक कार्यहरुको मौखिक प्रस्तुति , १९ वटा पोस्टर प्रस्तुति र २४ वटा आमन्त्रित प्रस्तुति हुनेछ ।
सम्मेलनको पहिलो दिनमा कोभिड १९ र जनस्वास्थ्य संकट, नसर्ने रोग तथा स्वास्थ्य प्रणाली र नीति सम्वन्धी आमन्त्रीत विज्ञहरु र प्रस्तुतकर्ताहरुको प्रस्तुति रहनेछ । यस्तै सम्मेलनको दोस्रो दिन स्वास्थ्य तथा जनसंख्याका विभिन्न ६ वटा विधाहरुमा प्रस्तुति हुनेछन् ।
जसमा मातृ तथ नवजात शिशु, बाल स्वास्थ्य तथा जेष्ठ नागरिक स्वास्थ्य, कार्यान्वनात्मक अनुसन्धान, संक्रामक रोगहरु, षोषण, मानसिक स्वास्थ्य र दुब्र्यशन, बाताबरणीय स्वास्थ्य, औषधिजन्य र बायोमेडिकल अनुसन्धान लगायतका विषयहरुमा प्रस्तुतिकरण हुनेछ ।कार्यक्रमको समापनमा विभिन्न ९ जना उत्कृष्ठ अनुसन्धानकर्तार्लाइ अवार्डद्धारा सम्मान गरिनेछ ।
हेल्थपाटी
तपाईँको अभिमत