मासु खानै पर्छ भन्ने चीज होइन, मुटुरोगीले कति खाने ? (भिडियो)
मुटुरोग विशेषज्ञ डा.रत्नमणी गजुरेलले हेल्थपाटीसँगको कुराकानीमा मुटुरोग र दशैंको खानपानबारे दिनुभएको जानकारी:-
दशैंमा मासु खाने चलन अलि बढी नै छ। मासुको मात्राले चिल्लोका मात्रा, कोलेस्टेरोल बढाउँछ।
हाम्रो ब्यालेन्स डाइटमा चिल्लोको लेभल ३० प्रतिशत जति होस् भन्ने चाहन्छौँ। मासु नै नखाने भन्ने होइन,सन्तुलन मिलाएर खानुपर्छ।
मासुुसँगै सागपात, धेरै मात्रा फाइबर भएका अन्य खानेकुरा, कार्बाेहाइड्रेट खाने गर्नुपर्छ।
तर बिहानै, बेलुकै, दिउँसै जतिखेर पनि मासु खान हुँदैन। यसले गर्दा दीर्घकालमा ठूलो असर गर्छ।
दशैं केही दिन मात्रै हुनेभएकाले दशैंमा हरेक दिन खाँदा पनि केही असर नगरेको हुनसक्छ तर अन्य बेलामा पनि मासु खाइने भएकाले दशैंको समयमा जतिबेला पनि मासु खान हामी डाक्टरी हिसाबले राम्रो भन्दैनौँ ।
कोलेस्टेरोलको लेभल बढाउने, प्रेसर बढाउने, अन्य मुटुका रोगहरू बढाउने सम्झावना हुन्छ। दशैंमा रमाइलो गर्नुहोस् तर हरेक दिन स्वास्थ्यलाई ख्याल गर्नुहोस् ।
हेल्थपाटी
तपाईँको अभिमत