काठमाडौं उपत्यकामा ३८० जनालाई कोरोना
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८० जनालाई कोरोना पोजेटिभ देखियो । काठमाडौंमा २६१, भक्तपुरमा ४५ र ललितपुरमा ७४ जनालाई संक्रमण पुष्टि भएको छ ।
आज देशभर थप २ हजार २३९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६५७ पीसीआर र ४६५६ जनाको एन्टीजेन गरी ११ हजार ३१३ जनाकाे परीक्षण गर्दा २२३९ जनामा पोजेटिभ देखिएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ३१६ हजार जना संक्रमणमुक्त भएका छन् भने २० संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९५ हजार ८८ पुगेको छ । जसमध्ये ६ लाख १६ हजार ९२९ हजार जना निको भएका छन् भने ९ हजार ३४० जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित २६ हजार ५९० जना रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत