चीन सरकारको छात्रवृत्तिमा एमबीबीएस पढ्न आवेदन खुला
चिकित्सा शिक्षा स्नातक तहको एमबीबीएस शैक्षिक कार्यक्रममा चीन सरकारबाट प्राप्त छात्रवृत्तिमा अध्ययन गर्न आवेदन खुला गरिएको छ ।
चिकित्सा शिक्षा आयोगले शुक्रबार सूचना जारी एमबीबीएस कार्यक्रमका लागि ३ जनालाई छात्रवृत्तिमा अवसर आएकाले पुस १४ देखि २० गतेसम्म अनलाइन आवेदन दिन भनेको छ ।
सूचनाअनुसार खुलामा २ र महिलामा १ जनाका लागि अवसर प्राप्त भएको छ ।
चिकित्सा शिक्षा स्नातक तहको पछिल्लो एकीकृत प्रवेश परीक्षाको नतिजामा एमबीबीएस शैक्षिक कार्यक्रमको योग्यतासूचीमा रहेको, वैदेशिक अध्ययन अनुमतिपत्र नलिएको, वैदेशिक छात्रवृत्तिमा मनोनयन नभएको, कुनैपनि शैक्षिक कार्यक्रममा भर्ना नभएको, जनवरी ३१ भित्र २५ वर्ष ननाघेको, चिनियाँ भाषामा प्राप्त गरेको, अंग्रेजी भाषामा अध्ययन गर्नेको हकमा सम्बन्धित विश्वविद्यालयले तोकेबमोजिम वा गरेको उम्मेदारले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।
china_notice 2024 mec
हेल्थपाटी
तपाईँको अभिमत