सीटीईभीटीमा स्वास्थ्य लगायत रिक्त पदका लागि अढाई वर्षपछि परीक्षा हुँदै
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले विज्ञापन गरेको अढाई वर्षपछि स्वास्थ्य लगायत विभिन्न रिक्त पदको पदपूर्तिका लागि परीक्षा गर्ने भएको छ ।
२०७६ माघ २४ गते गरेको विज्ञापनको आन्तिरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
सर्वोच्च अदालतले २०७६ फागुन ३० गते उत्प्रेषणको आदेशबाट लिखित परीक्षाको कार्यक्रम यथास्थितिमा राख्ने आदेश दिएपछि परीक्षा स्थगित भएकाे थियाे।
सर्वोच्चले उक्त मुद्दा फिर्ता लिईसकेको भन्दै गत जेठ १६ गते लोक सेवा आयोगबाट विभिन्न मिति र समयमा परीक्षा कार्यक्रम संचालन गर्न सहमति दिएकाले परीक्षाको समयतालिका सार्वजनिक गरेको सीटीईभीटीले जनाएको छ ।
सार्वजनिक समयतालिका अनुसार परीक्षा भदौ १६ गतेदेखि असोज १४ गतेसम्म लोक सेवा आयोग अनामनगरमा सञ्चालन हुनेछ ।
Routine CTEVT
हेल्थपाटी
तपाईँको अभिमत