काठमाडौं उपत्यकामा थप ७४५ जनालाई कोरोना पुष्टि
अ +
अ -
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७४५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ७१५, भक्तपुरमा १४२ र ललितपुरमा ८८ जनालाई पोजेटिभ देखिएको छ ।
आज देशभर २४ सय ८२ जनालाई संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षण भने १५ हजार २९० जनाको भएको थियो । सोही अवधिमा १७ सय ८१ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टा र केही दिन अघि देखि नेपाली सेनाले शव व्यवस्थापन गरेको तथ्यांक अनुसार थप ४४ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
हालसम्म नेपालमा ४३ लाख ४६ हजार ७२ जनाको कोरोना परीक्षण भएको छ जसमा ८ लाख ३४ हजार ४५० जनालाई संक्रमण पुष्टि भएको छ भने ७ लाख ३० हजार ९६४ जना निको भएका छन् । यस्तै १० हजार ६१२ जनाको मृत्यु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत