एपोन अध्यक्षमा विप्लव अधिकारी र दीपक दाहालबीच प्रतिस्पर्धा
नेपाल औषधि उत्पादक संघ (एपोन) को नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा दुई जनाको प्रतिस्पर्धा देखिएको छ। निर्वाचन समिति संयोजक प्रज्वलजंग पाण्डेका अनुसार अध्यक्ष पदका लागि विप्लव अधिकारी र दीपक दाहालले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
पूर्व अध्यक्षसमेत रहनुभएका दाहाल यसपटक पुनः अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो । अर्का प्रत्यासी अधिकारी संघका पूर्व महासचिव हुनुहुन्छ । उहाँ अघिल्लो कार्यकालमा वर्तमान अध्यक्ष महेश प्रधानसँग पराजित हुनुभएको थियो ।
निर्वाचन समितिका अनुसार यसपटक मताधिकार पाएका सदस्यको संख्या ६४ रहेको छ। अध्यक्ष पदसहित कूल १३ सदस्यीय कार्यसमितिका लागि १७ जनाको उम्मेदवारी परेको हो। उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चाहेमा सोमबार बिहान ११ बजेसम्मको समय दिइएको छ।
अन्तिम समयसम्म सहमति नभए मतदानमार्फत नयाँ नेतृत्व चयन गरिने बताइएको छ।
हेल्थपाटी
तपाईँको अभिमत