भिरिङ्गीले यी अंगहरूमा पुर्याउँछ क्षति, यौनांगमा मुसा आए के गर्ने ? (भिडियो)
सुरक्षित यौनसम्पर्क भन्नाले एक व्यक्तिले एक व्यक्तिसँग मात्रै सम्पर्क राख्नु भन्ने बुझिन्छ । यौनजन्य क्रियाकलाप हुँदा कण्डमको सही तरिकाले प्रयोग गर्नुलाई पनि सुरक्षित यौन सम्पर्क मानिन्छ ।
असुरक्षित यौन सम्पर्क गर्दा एक पार्टनरलाई विभिन्न भाइरस र ब्याक्टेरियाले संक्रमण गराएको छ भने अर्काेलाई सर्ने सम्भावना धेरै हुने वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डा. लैला लामा ताङवेतानीले बताउनुभयो ।
असुरक्षित यौन सम्पर्कबाट हुने संक्रमणको रोगको उपचार लामो समयसम्म भएन भने क्यान्सरसम्मको जोखिम निम्त्याउने उहाँले जानकारी दिनुभयो ।
डा. लैलाका अनुसार यौनरोग ३० भन्दाबढी भाइरस र व्याक्टेरियाका कारण लाग्छ । यद्यपी विश्व स्वास्थ्य संगठनले धेरैजसो यौनरोग मुख्यत ८ वटा भाइरस र व्योक्टेरियाका कारण लाग्ने गरेको छ।
नेपालमा धेरैजसो देखिने यौनरोगमा भिरिङ्गी र यौनांगमा मासु पलाउने समस्या रहेको उहाँको भनाइ छ । वीर अस्पतालमा कार्यरत उहाँले सो अस्पतालमा दिनमा ७ देखि १० वटा केस भिरिङ्गी र यौनांगमा मासु पलाउने समस्याको रहने गरेको जानकारी दिनुभयो ।
यी दुवै यौनरोग खासगरी प्रजनन क्षमताका १५ देखि ४० वर्ष उमेरका व्यक्तिमा देखिन्छ ।
उहाँका अनुसार असुरक्षित यौन सम्पर्कपछि भिरिङ्गी र यौनांगमा मासु पलाउने समस्या देखिन्छ तर यौनांगमा लाग्ने रोग भएकाले उनीहरू जचाउँन आउन हिच्किचाउछन्।
महिलामा गोनोरिया देखिएको छ । यस्तै क्लामाडिया देखिन्छ । ह्युमन प्याथोलोमा भाइरस जसले यौन अंगमा मुसाको समस्या देखाउँछ ।
यौनांगमा आउने मुसा कस्तो हुन्छ ?
यौनांगको मुसा भन्नाले शरीरका अन्य भागमा आउने साधारण मुसाकै जात भएपनि यसको लक्षण फरक हुन्छ । जसलाई जेनोइटल वार्ट भनिन्छ । यही किटाणुले पुरुषको लिंग र महिलाको यौनी वरिपरि संक्रमण गराएर मुसाजस्तो खटिराहरू उत्पन्न गराउँछ ।
कस्ता लक्षणहरू देखिन्छन् ?
यौनांगमा देखिने दुख्ने, पोल्ने चिलाउने हुँदैन । असुरक्षित यौन सम्पर्कपछि एउटा व्यक्ति संक्रमित भयो भने खटिरा देखिने समय केही हप्तादेखि केही महिनासम्म देखिन्छ । यो तुरुन्तै देखिने यौनरोग होइन पछि पनि देखिन सक्ने सम्भावना रहन्छ ।
यो ह्युमन पेपिलोमा भाइरसको संक्रमणले हुन्छ। यो भाइरसको समयमै उपचार भएन भने पछि यौन अंगमा क्यान्सर हुन्छ। पुरुषको लिंग र महिलाको योनिमा मुसा आउँछ र बेलैमा उपचार भएन भने क्यान्सरसम्म हुनहुन्छ।
यौनांगमा देखिने मुसाको समस्या असुरक्षित यौन सम्पर्क भएपछि तुरुन्तै देखिने यौन रोगमा पर्दैन । असुरक्षित यौन सम्पर्क भएको केही हप्तादेखि केही महिना या वर्षाै पछि पनि देखिन सक्छ ।
उपचार कसरी गर्ने ?
कुन भागमा कति कति पुरानो मुसा आएको छ, सो अनुसार उपचार गर्नुपर्छ । यसको मेडिकल र सर्जिकल उपचार गरिन्छ । मेडिकल उपचारमा केमिकलहरू प्रयोग गरि मुसा र भाइरलाई निर्मुल पार्नुपर्छ । सही तरिकाले रोगको पहिचान गरि सही तरिकाले उपचार गर्नपर्छ । जेनइटल वार्टस् समयमै औषधि गरिएन भने यो मुसाले पूरै यौनांगलाई ढाक्न सक्छ । र क्यान्सर हुने सम्भावना पनि हुन्छ ।
भिरिङ्गी के हो ?
भिरिङ्गीलाई अंग्रेजीमा सिफिलिस पनि भनिन्छ । यो ट्रपोनेमा पालीडम भनिने सूक्ष्म जीवाणुका कारणले हुन्छ ।
भिरिङ्गी कडा यौनरोगमा पर्दछ । यो रोगले आँखा, कान, मस्तिष्क, नसा, कलेजोमा क्षति पुर्याउँछ। यौनजन्य क्रियाकलापबाट व्यक्तिको शरीरमा प्रवेश गरेपछि भिरिङ्गी लगाउने किटाणु छोएको स्थानबाट प्रवेश गर्छ । सुरुवाती दिनमा घाँउ आउने गर्छ । त्यो आफैं पनि निको हुनसक्छ । तर घाउँ निको हुनु भनेको किटाणुरहित हुनु होइन।
लक्षण हराएर जाँदा उपचार नगरे पनि निको भयो भनेर सोच्न हुँदैन । असुरक्षित यौनसम्पर्कका कारण संक्रमण भइसकेको हुन्छ र निको भएको जस्तो देखिन्छ ।
किटाणु रगतमा प्रवेश गरेपछि शरीरको जुनसुकै अंगमा पनि असर पर्दछ । भिरिङ्गीले दृष्टि गुमाउनेसम्मको जोखिम रहन्छ । मुुटको रक्तनलीलाई फुलाउँछ साथै मुटुको मांसपेशी सुन्निन्छ । मस्तिष्कसम्म पुगेर स्मरण शक्तिमा क्षति पुर्याउँछ । वर्षाैपछि देखिने समस्या हुन् ।
भिरिङ्गीको बेलैमा उपचार भएन भने यसले शरीरका अन्य अंगलाई विनास गर्नसक्छ ।
जोगिने कसरी ?
योनांगको मुसा र भिरिङ्गी दुवै यौनरोगबाट जोगिन सुरक्षित यौन सम्पर्क गर्नु नै मुख्य उपाय हो। सुरक्षित यौन सम्पर्क भनेको एक व्यक्तिले एकजना व्यक्तिसँग मात्रै यौनसम्पर्क गर्ने । सही तरिकाले कण्डमको प्रयोग गर्ने ।

हेल्थपाटी
तपाईँको अभिमत