मनाङमा राष्ट्रिय प्रत्यारोपण केन्द्रले गरेको स्वास्थ्य शिविरमा ७०० जनाको परीक्षण
मनाङमा राष्ट्रिय प्रत्यारोपण केन्द्रले गरेको स्वास्थ्य शिविरमा ७०० जनाको परीक्षण भएको छ ।
मनाङ जिल्ला अस्पताल चामे, हुण्डी स्वास्थ्य चौकी र ठोचे हेल्थपोष्टमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र स्थानीय ३ पालिकाको सहकार्यमा निःशुल्क मृर्गौला, मुत्र रोग, मुटु, कलेजो, र दन्त सेवा सम्मिलित स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । शिविरमा मनाङका अति दुर्गम भेगका करीब ७०० जना सेवा ग्राहीहरु लाभान्वित भए ।
इको, इसिजी, अल्ट्रासाउण्ड तथा पिसाबको जाँच लगायतको सुविधा उपलब्ध भएको उक्त शिविरमा विषेशज्ञ चिकित्सक तथा अन्य प्राविधिकको टोलीले सेवा प्रदान गनुभएको थियो ।
केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले नेतृत्व गर्नु भएको शिविरमा डा. लुसन सिंह, डा. प्रवेश न्यौपाने, डा. जुजु श्रेष्ठ, डा. कर्ण राजवंशी, डा. सुधिर जोशी, डा. समीर दवाडी, डा. गोपाल सुवाल, डा. हरि बराल, डा. उत्सव भट्टराई र डा. निरु शर्मा र डा. गौरव पन्थ लगायतको सहभागीता थियो । नर्सिङ्ग अधिकृत पुजा कोइराला, ट्रान्सप्लान्ट कोर्डिनेटर तारा साँध तथा ल्याब टेक्निसियन साइ राम बस्नेतले सहयोग गनुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत