पशुपक्षींमा ज्वरो कसरी थाहा पाउने ? तौल अनुसार तापक्रम फरक–फरक
पशुपक्षीलाई पनि मान्छेलाइै जस्तै ज्वरो आउँछ । मान्छेमा ९९, १०० डिग्री फरेनहाइट भन्दा बढी तापक्रम भएका ज्वरो आएको मानन्छि । तर पशुपक्षींमा सामान्य तापक्रमको अवस्थालाई तौल अनुसार फरक–फरक हुने पशु चिकित्सक डा. किरण पाण्डे बाताउनु हुन्छ ।
डा. पाण्डेका अनुसार बाख्राको हकमा १०३ डिग्री फरेनहाइट भन्दा बढी तापक्रम भएको खण्डमा त्यसलाई ज्वरो मानिन्छ । ९९ भन्दा कमको अवस्थालाई हाइपो थर्मिया भनिन्छ । यसलाई पनि उपचार गर्नुपर्ने हुन्छ ।
राँगा, भैसी गाई, गोरुमा १०१ फरेनहाइटसम्मको अवस्थालाई सामान्य मानिन्छ । कुखराको तापक्रम १०५ देखि १०७ डिग्री फरेनहाइटसम्म सामान्य नै मानिन्छ ।
तौल कम हुने पशुपक्षींको तापक्रम बढी हुन्छ र तौल जति बढी भयो त्यति तापक्रम कम हुन्छ । शरीरमा भाइरुस व्याक्टेरियाको असर वा पुशुपक्षींमा ज्वरो आउने डा. पाण्डे बताउनुहुन्छ । ‘स्वभाविक तापक्रम भन्दा बढी र कम देखिएको खण्डमा त्यसलाई रोगी मान्ने गरेका छौँ’ उहाँ भन्नुहुन्छ ।
सामान्य थर्मोमिटरबाट पशुपक्र्षीको ज्वरो नाप्दा मलद्वारमा राखेर नाप्ने गरिन्छ । थर्मलगनहरुले मान्छेलाई नापेजस्तै शरीरमा छुवाएर ज्वरो मापन गरिने डा. पाण्डेले जानकारी दिनुभयो ।
ज्वरो कुनै रोगको प्रारम्भिक लक्षण हो । यो देखिएपछि यसमा कुनै समस्या छ भनेर थप परीक्षण गर्नुपर्ने हुन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत