कोरोना खोप लिने पहिलो नर्सको अनुभव : पहिले डर थियो, नेपालमा खोप आएपछि हरायो

काठमाडौँ । नेपालमा कोरोनाविरुद्धको पहिलो खोप लिने पहिलो नर्स शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण टेकुकी आईसीयू इन्चार्ज उषा देवकोटा हुनुभएको छ । उहाँले बुधबार सुरु भएको खोप अभियानमा नेपालभरका नर्सहरुमध्ये पहिलो खोप लगाउनु भएको हो ।
खोप लगाएपछि देवकोटाले खोपप्रति पहिले डर भएको भएपनि नेपालमै आइसकेपछि डर हराएको बताउनुभएको छ । ‘पहिले सुन्दा डर लागेको थियो । सुरक्षामा शंका भएको हल्ला हुन्थ्यो’, उहाँले भन्नुभयो, ‘जब नेपालमै यो आइपुगेपछि त डर हराएर गयो । मेन्टल्ली खोप लगाउनुपर्छ भनेर तयारी भयौँ ।’
उहाँले खोप लगाएपछि आफूमा अरू केही नभएको अनुभव बताउनुभयो । आफूलाई आधा घण्टा निगरानी गरिए पनि कुनै अप्ठ्यारो महसुस नभएको र अहिले नियमित काममा लागेको समेत जानकारी दिनुभयो ।
यस्तै खोप सुरक्षित भएको बताउँदै उहाँले यो लगाउन डराउन नहुने बताउनुभयो । ‘डराउन चाहिँ मिल्दैन’, उहाँले भन्नुभयो, ‘ढुक्क भएर खोप लगाउँदा हुन्छ । हाम्रो दिमागमा यसको असर हुन्छ भन्ने पनि छैन र हुँदैन पनि ।’
तपाईँको अभिमत