प्रत्यारोपण केन्द्र र प्रसूति अस्पतालमा डाक्टर, नर्स माग
अ +
अ -
भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कर्मचारी माग गरेको छ । केन्द्रले आज सूचना प्रकाशन गरी करारमा कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।
केन्द्रले सबै भन्दा धेरै मेडिकल अधिकृत र स्टाफ नर्स ६–६ जना माग गरेको छ । यसबाहेक रजिष्ट्रार रेडियोलोजी, रजिष्ट्रार प्याथोलोजी, केयर म्यानेजमेन्ट अधिकृत, एनेस्थेसिया असिस्टेन्ट, ल्याव असिष्टेन्ट, असिष्टेन्ट फर्मासिष्ट गरी २० जनाका लागि आवेदन खुलाएको हो ।
योग्यता पुगेकाले इच्छुकले २१ दिनभित्र निवदेन दिन सक्ने केन्द्रले जानकारी दिएको छ ।
प्रसूतीगृह अस्पतालले एक जना शाखा अधिकृत, स्टाफ नर्स केही र अन्य प्यारामेडिक्सका लागि दरखास्त आव्हान गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत