बढ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या,एकै दिन १३ जनाको मृत्यु

फाइल तस्बिर
काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेको छ । पछिल्लो २४ घण्टामा १३ संक्रमितको मृत्यु भएको छ । यो संख्या झण्डै २ महिना यताकै उच्च हो ।
आज मृत्यु भएकासँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ । आज देशभर ५५९ जनालाई कोरोना पुष्टि भएको थियो भने १३८ जना कोरोनामुक्त भएका थिए । २४ घण्टामा पीसीआर ४३ सय ७८ र एन्टीजेन ७२७ जना गरि जम्मा ५१ सय ५ जनाको भएको छ ।
हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ जसमध्ये २ लाख ७४ हजार १६५ जना निको भएका छन् ।
अहिले सक्रिय संक्रमितको संख्या ३३ सय ६ रहेको छ । २४ घण्टामा पीसीआर ४३ सय ७८ र एन्टीजेन ७२७ जना गरि जम्मा ५१ सय ५ जनाको भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५९ जनामा कोरोना पुष्टि भएको छ । ४ सय ९६ जना पिसिआर र ६३ जना एन्टीजेन परीक्षणमा गरी ५५९ जनामा कोरोना पुष्टि भएको हो।
हेल्थपाटी
तपाईँको अभिमत