आज २०४४ संक्रमित डिस्चार्ज, थप ८ जनाको मृत्यु
मृत्यु हुनेको संख्या ५२८ पुगेको

भीम अस्पतालबाट डिस्चार्ज भएकाहरु खुशी हुँदै
काठमाडौं । देशभर काेराेना संक्रमणमा पर्ने भन्दा डिस्चार्ज हुनेको संख्या धेरै रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४४ जना डिस्चार्ज भएका छन् । यो सँगै देशभर डिस्चार्ज हुनेको संख्या ६२ हजार ७४० पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २१, ३०२ रहेको छ । यस मध्ये संस्थागत आइसोलेसनमा ९७,७३ र होम आइसोलेसनमा ११, ५२९ जना संक्रमित रहेका छन् । २४ घण्टाको पीसीआर परीक्षणको संख्या १२ हजार ९७८ भएको छ ।
आज देशभर थप २ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ । यसैबीच २४ घण्टामा थप ८ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ५२८ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत