डाइलाइसिस, मिर्गाैला र कलेजो प्रत्यारोपण गरेका बिरामीले कस्ता खानेकुरा खाने ? (भिडियो)
मिर्गाैला रोग एकै किसिमका हुँदैनन् । प्रारम्भिक लक्षणसहित मिर्गाैलामा समस्या देखिएको र लामो समयदेखि लक्षण देखिएर उपचारत रहेका बिरामीहरु हुन्छन् । सुरुवाती अवस्थामा मिर्गाैलामा समस्या भएको अवस्थामा खानपानमा बेलैमा ध्यान दिन सके बिरामीको स्वास्थ्य अवस्था थप नराम्रो हुनबाट जोगाउन सकिने डाइटिसियनहरू बताउनुहुन्छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत डाइटिसियन वर्षा भट्टराइले डाइलाइसिस गरिरहेका, मिर्गाैला र कलेजो प्रत्यारोपण गरेको व्यक्तिको आहारमा प्रोटिनको मात्रा धेरै हुनपर्ने बताउनुभयो ।
डाइलाइसिस गरिरहेका बिरामीको आहार
डाइलाइसिस गरिरहेका बिरामीहरुले प्रोटिनको मात्रा धेरै खानपर्छ । डाइलाइसिस गर्दा शरीरमा यूरिया क्रिटिनाइन घट्ने भएकाले उनीहरुले धेरै पोटासियम र फस्फोरस पाइने खानेकुरा कम खानपर्ने डाइटिसियन भट्टराइले बताउनुभयो ।
हरियो सागपात, फलफूल, जमिनमुनि फल्ने जस्तै पिडाँलु, आलुमा पोटासयम बढी हुने भएकाले त्यस्ता खानेकुरालाई पकाएर खान जान्नुपर्ने उहाँले बताउनुभयो । पोटासियमयुक्त खानेकुरा पकाउनुभन्दा कम्तिमा आधा घण्टा अगाडि पानीमा भिजाएर खान उहाँले सुझाव दिनुभयो ।
साथै फस्फोरस डेरी, उत्पादन, काजू, बदाममा पाइने भएकाले त्यस्ता खानेकुरा एकदमै कम खानपर्छ नुनु धेरै खान हुँदैन, उहाँले भन्नुभयो ।
प्रत्यारोपण गरेका व्यक्तिहरुको आहार
प्रत्यारोपण गरेका व्यक्तिहरुले सर्जरीका क्रममा भएको घाउँ पुर्न घाँउ निको हुन भिटामिन, कार्बाेहाइड्रट, प्रोटिन सबै किसिमका पौष्टिक तत्वको आवश्यक पर्छ ।
यद्यपी प्रोटिनयुक्त खानेकुरा धेरै खानपर्ने भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रोटिनको स्रोत २ प्रकारबाट पाइन्छ । पहिलो, जनावर स्रोतबाट प्राप्त हुने प्रोटिनयुत्त, खानेकुरामा दुध, दही, माछा मासु, अण्डा हुन् ।
जनावर स्रोतबाट पाइने प्रोटिन शरीरमा राम्रोसँग सोस्छ । अण्डा प्रोटिनको राम्रो स्रोत रहेकाले घाउँ छिटो निको हुन मद्धत गर्दछ । शाकाहारी बिरामीको हकमा टुसा उमारेको गेडागुडी, दही, पनीर, टोफू, भटमास, (सोया) खान उहाँले सुझाउनुभयो ।
अण्डामा अत्याधिक मात्रामा प्रोटिन पाइने भएकाले शाकाहारी बिरामीलाई पनि सुरुमा अण्डा खान सुझाउने गरेको उहाँले बताउनुभयो ।
कतिपय शाकाहारी बिरामीलाई न्यूट्रेशन सब्लीमेन्ट फुडको पनि आवश्यक पर्नसक्ने उहाँले बताउनुभयो।
कतिपय बिरामीमा कालो दाल, आलु, फर्सी खाँदा घाँउ पाक्छ भन्ने भ्रम र डर रहेको पाइएको छ । अहिलेसक्म कुनैपनि अनुसन्धानले कालो दाल, आलुले घाँउ पाक्छ भनेर नदेखाएको र खान सुझाएपनि कतिपय बिरामीहरुले त्यो लागू नगर्ने बताउनुभयो । घााँउमा संक्रमण भयो भने मात्रै घाँउ पाक्ने उहाँले बताउनुभयो ।
घाँउ संक्रमण हुने खालका काँचो खानेकुरा खान हुँदैन । प्रत्यारोपण गर्ने बित्तिकै बिरामीहरुसँग रोगसँग लड्ने क्षमता कम हुने भएकाले काँचो खानेकुरा खान नहुने उहाँको भनाइ छ ।
काँचो खानेकुरामा कुनै ब्याक्टेरिया रहे त्यसले घाँउ संक्रमण गराउने जोखिम बढाउने भएकाले सलाद, फलफुललगायतका काँचो खान मिल्ने तरकारीहरु केही समय नखान प्रत्यारोपण गरेका बिरामीहरुलाई सुझाउनुभयो ।
मिर्गाैला र कलेजो प्रत्यारोपण गरेका बिरामीहरुलाई प्रोटिन र क्यालोरी धेरै आवश्यक पर्दछ । मिर्गाैला प्रत्यारोपण गरेकाको तुलनामा कलेजो प्रत्यारोपण गरेका बिरामीहरुलाई प्रोटिन र क्यालोरी अझै धेरै चाहिने र सोही अनुसार आफूहरुले के खान मिल्ने के नमिल्ने भनी बिरामीलाई सुझाउने गरेको बताउनुभयो ।
मधुमेह भएकै कारण मिर्गाैला बिग्रेरेका बिरामीहरु धेरै हुन्छन् । ट्रान्सप्लान्ट अघि मधुमेह नभएका बिरामीमा ट्रान्सप्लान्टपछि मधुमेहको जोखिम रहने गर्छ । डाइटिसियन भट्टराईका अनुसार ट्रान्सप्लान्टपछि स्टोरोइड खानपर्ने भएकाले औषधिको असरले कसै कसैलाई मधुमेह देखिने जोखिम रहन्छ । त्यसैले ट्रान्सप्लान्ट पछि मधुमेहको जोखिमबाट जोगाउन कार्बाेहाइड्रेटयुक्त कम खान खाना सुझाउने गरेको उहाँले बताउनुभयो ।
डाइलाइसिस गरिरहेका, मिर्गाैला र कलेजो प्रत्यारोपण गरेका बिरामीले खानपीनमा कसरी ख्याल गर्ने भन्ने विषयमा शहीदधर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत डाइटिसियन वर्षा भट्टराईसँग गरिएको कुराकानी भिडियोमा हेर्न सक्नुहुनेछ ।

हेल्थपाटी
तपाईँको अभिमत