मस्तिष्क मृत्यु भएकाबाट प्राप्त अंग प्रत्यारोपण गराउने तीनैजना डिस्चार्ज

मस्तिष्क मृत्युबाट भएका व्यक्तिबाट प्राप्त कलेजो प्रत्यारोपण गराउनुभएका थापा श्रीमतीका साथ ।
मस्तिष्क मृत्युबाट प्राप्त अंगबाट प्रत्यारोपण गराएका तीनै जना बिरामी स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र यही फागनु १६ गते मिर्गाैला प्रत्यारोपण गराउनुभएका २ जना र कलेजो प्रत्यारोपण गराउनुभएका एक जना सकुशल डिस्चार्ज हुनुभएको हो ।
उक्त दिन कलेजो प्रत्यारोपण गराउनुभएका ललितपुर महानगरपालिका–२५ का ६८ वर्षीय किरण थापा १० दिनपछि आज डिस्चार्ज हुनुभएको छ ।
भक्तपुरको एक अस्पतालमा मस्तिष्क मृत्यु भएको व्यक्तिबाट प्राप्त २ जनामा मिर्गौला र एक जनामा कलेजो प्रत्यारोपण गरिएको थियो।
मिर्गौला प्रत्यारोपण गराएका दुवै बिरामी ५ दिनअघि नै डिस्चार्ज भएको राष्ट्रिय प्रत्यारोपण केन्द्रले जानकारी दिएको छ ।
नेपालमा२०७४ बैशाख २८ गते पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग प्रत्यारोण गरिएको थियो । हालसम्म पाँच जना व्यक्तिबाट प्राप्त १० वटा मिर्गाैला र ३ वटा कलेजो प्रत्यारोपण भएको राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्रले श्रेष्ठले जानकारी दिनुभयो ।
तपाईँको अभिमत