स्वास्थ्यकर्मीहरुको दर्ता परिक्षा स्थगित
अ +
अ -
काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता हुन असार १९ गते तय भएको स्वास्थ्यकर्मीहरुको परिक्षा स्थगित भएको छ ।
परिषद्ले सूचना निकालेर कोभिड तिव्र रुपमा फैलिएको र देश बन्दाबन्दीमा रहेकाले सबै परिक्षार्थीहरु परिक्षामा सामेल हुन नसक्ने देखिएकाले हाललाई परिक्षा स्थगित गरिएको जानकारी दिएको छ ।
परिषद्ले स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहका स्वास्थ्यकर्मीहरुलाई दर्ता हुन असार १९ गते परिक्षाको मिति तोको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत