आजको मौसम : हावाहुरीसहित हल्कादेखि भारी वर्षासम्म हुनसक्ने
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
अहिले बिहान पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली रही बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। बाँकी भू–भागमा आंशिक बदली देखी मौसम सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ् र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ् र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तपाईँको अभिमत