वीर अस्पताललाई चौधरी फाउण्डेसनको सहयोग, भेन्टिलेटर र आइसियु बेड हस्तान्तरण
अ +
अ -
काठमाडौं । चौधरी फाउण्डेसनले कोभिड - १९ युनिफाइड केन्द्रिय अस्पताल वीरलाई भेन्टिलेटर, आइसियु मोनिटर लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
फाउण्डेसनले १८ वटा आइसियु बेड, १२ वटा भेन्टिलेर र १८ वटा मोनिटर सहयोग गरेको हो । अस्पतालका प्रशासकीय प्रमुख प्राडा.जागेश्वर गौतमलाई फाउण्डेसनका तर्फबाट निरभान चौधरीले उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।
हाल वीरको सर्जिकल नयाँ भवनमा १८ वटा आइसियु बेड सञ्चालनमा छन् । चाँडै उक्त भवनमा १०० वटा आइसियु र २०० वटा एचडियु बेड सञ्चालन गर्ने गरि काम भइरहेको प्रमुख गौतमले जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत