फाइजर खोप ५- ११ वर्ष सम्मका बालबालिकालाई पनि सुरक्षित
कोरोना विरुद्धको खोप फाइजर बालबालिकाको लागि सुरक्षित रहेको पाइएको छ । फाइजर कम्पनीले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई खोपको दोस्रो तथा तेस्रो ट्रायल गर्दा उनीहरु सुरक्षित रहेको पाएको दाबी गरेको छ । साथै उनीहरुमा एण्टीबडीले पनि विकास भएको फाइजरको भनाइ छ ।
अमेरिकी कोरोना खोप यो उमेर समूहमाथि गरिएको ट्रायलको नतिजा पहिलोपटक सार्वजनिक गरिएको हो । अहिलेसम्म यो ट्रायलको रिपोर्टबारे कहीँकतै प्रकाशित भएको थिएन । फाइजरले छिट्टै खाद्य तथा प्रविधि विभागमा आप्तकालिन प्रयोगका लागि अनुमति माग्ने कम्पनीले जानकारी दिएको छ ।
५ देखि ११ वर्षउमेरका २२ सय ६८ जनालाई खोपको ट्रायलमा सहभागी गराइएको थियो । उनीहरुलाई २१ ीदनको बीचमा दोस्रो डोज पनि दिइएको थियो । बालबालिकाहरुलाई १० माइक्रोग्राम डोज दिइएको थियो । बालबालिकाहरुमा ठुला व्यक्तिहरुमा जस्तै एन्टीबडी विकास भएको पाइएको फाइजरले जनाएको छ । अमेरिकामा पछिल्लो समय विद्यालय खुलेसँगै बालबालिकामा संक्रमण तिव्र देखिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत