अबको १७ दिनभित्र ज्येष्ठ नागरिकले कोभिशिल्डको दोस्रो मात्रा खोप पाउने
अ +
अ -
कोरोना विरुद्धको खोप कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुले अबको १७ दिनभित्र दोस्रो मात्रा खोप पाउने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको पदभार सम्हालेको १० औं दिनमा १०० दिनको आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्दै उमेश श्रेष्ठले जापानबाट आएको एष्ट्रेजेनेकाको खोप ज्येष्ठ नागरिकलाई दिने बताउनुभयो ।
उहाँका अनुसार जापानबाट एष्ट्रेजेनेकाको खोप २ साताभित्र आउने र खोप आएको ३ दिनभित्र दोस्रो मात्रा लगाउन बाँकी सबै ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाइने छ । करीब १४ लाख ज्येष्ठ नागरिकहरुले कोभिशिल्डको दोस्रो मात्रा लगाउन बाँकी छ ।
हेल्थपाटी
तपाईँको अभिमत