दशैं : धेरै पेट फुलेको खसी, बोका,भेडा, च्यांग्रा नकिनौं
नेपालीहरूको ठूलो पर्व दशैंको आज पाचौं दिन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका तथा च्याङ्ग्रा ल्याएर आइतबारदेखि बिक्री सुरु गरिसकेको छ । दशैंमा मासुको उपभोग अध्याधिक हुन्छ । यस पर्वमा विशेषगरी खसी, बोका, भेडा, च्यांग्राको मासु बढी खपत हुन्छ ।
मासुका लागि प्रयोग हुने पशु स्वस्थ हुनुपर्छ भन्नेबारेमा धेरे चर्चा हुन्छ । तर कति उमेरको खसीको मासुका लागि उपयुक्त हुन्छ त ?
धेरै उमेर भएको खसीको मासु स्वास्थ्यका लागि राम्रो नहुने काठमाडौं महानगरपालिकामा कार्यरत पशुचिकित्सक डा.अवधेश झा बताउनुहुन्छ ।
उहाँका अनुसार जन्मिएको ८–९ महिनामा खसी खानका लागि योग्य हुन्छ । त्यसपछि एक वर्ष या त्यसको आसपासमै मासुका लागि प्रयोग गर्नु उपयुक्त हुन्छ । धेरै उमेर बढ्दै गएपछि गुणस्तरको हिसाबले कमसल हुँदै जाने उहाँको भनाइ छ ।
भेडा च्यांग्रा वा अन्य पशुमा पनि यही कुरा लागू हुने झा बताउनुहुन्छ । खसीको हकमा एक वर्षको उमेरमा खानु उपयुक्त हुने उहाँको सुझाव छ । मासुका लागि प्रयोग हुने कुनैपनि पशु वा पक्षीं धेरै छिप्पिएर राख्नु व्यवसायिक र स्वास्थ्य दुवै हिसाबले ठिक नभएको डा.झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस्ता खाले पशु किन्नु हुँदैन आखाँमा चिप्रा लागेको, नाक सुख्खा नभएको, पातलो दिसा गरेको, धेरै स्वाँ–स्वाँ गरेको, चोट–पटक र घाइते अवस्थामा भएको खसी तथा पशु किन्नु हुँदैन ।
मुख्य रुपमा खसी, भेडा बाख्रालाई कुनै रोग छ भने त्यस्ता लक्षण देखिने हुन्छ । बजारमा बिक्रीका लागि ल्याइएका खसी, बोकाका पेट धेरै फुलेको भएपनि नकिन्न झाको सुझाव छ । तौल धेरै बनाउन बेच्ने समयमा मकै लगायतका अन्नहरु खुवाएर पेट फुलेको हुनसक्छ ।
त्यस्ता अध्याधिक खाना दिँदा केही समयपछि पशुको मृत्यु समेत हुनसक्छ । नखोकेको मुटुको धड्कन धेरै नबढाएको चोट–पटक र घाइते अवस्थामा नरहेको खसी किन्ने पेट ढाडिएको, ज्वरो आएको खण्डमा कति व्यवसायीले तौल बढाउन मकै दाना पानी धेरे खुवाउँछन् । त्यस कारण फुलाएका हुन्छन् । जिउ फुलेको हुँदैन । पेट ढाडिएको किन्नु हुँदैन ।
बेच्ने समयमा मात्रै अध्याधिक खाना दिएको हुन्छ । यस्तो बेला कुनै कारणले ज्यान पनि जानसक्छ । त्यसैले खसीबोका र च्याङ्ग्रा स्वस्थ छन् की छैनन् पहिचान गरेर मात्र खसी बोका किन्न उहाँले उपभोक्तालाई आग्रह गर्नुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत