कोरोनाका कारण भारतमा २४ घण्टामा २७०६ जनाको मृत्यु
अ +
अ -
काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण २ हजार ७ सय ६ जनाको मृत्यु भएको छ । भारतमा संक्रमण दर घटेपनि मृत्युदरमा भने अपेक्षित रुपमा कमी आउन सकेको छैन ।
पछिल्लो २४ घण्टनान विश्वमा १० हजार २५४ जनाको कोरोनाकै कारण मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी भारतमा २ हजार ७०६ र ब्राजिलमा २ हजार ७८ जना रहेका ओल्डमिटरले जनाएको छ ।
अमेरिकामा ५५६, अर्जेन्टिनामा ५५३, कोलम्बियामा ५४५,मेक्सिकोमा ३०६, चिलीमा २१३, रुसमा ३९३, इरानमा १७०, इन्डोनेसियामा १८७, फिलिपिन्समा १९९, पाराग्वेमा १०२, मलेसियामा १०३, जापानमा १०५, जनाको मृत्यु भएको छ ।
विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्यामा कमी आउन सकेको छैन ।
हेल्थपाटी
तपाईँको अभिमत