मन्त्रालयको सिफारिसबिना अक्सिजन सिलिन्डर भरे कारबाही
काठमाडौं । सरकारको सिफारिसबिना अक्सिजन सिलिन्डर भर्न नपाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईले शनिबार सूचना जारी गर्दै अक्सिजन भर्न मन्त्रालयको सिफारिस लिनुपर्ने बताएको हो ।
पछिल्लो समय कोभिडका बिरामीलाई अक्सिजन दिएर उपचार गर्नुपर्ने भएकाले अभाव हुन नदिन यस्तो व्यवस्था गरिएको सूचनामा भनिएको छ ।
‘कोभिड १९ महामारीको दोस्रो लहरको कारणले गर्दा धेरै संक्रमितहरूलाई अक्सिजनको आवश्यकता परिरहेको सन्दर्भमा अक्सिजन बिक्री वितरणलाई थप व्यवस्थित गर्न आवश्यक भएकोले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसबिना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पतालहरूलाई ग्यास सिलिन्डर भरी बिक्री वितरण नगर्नु हुन अनुरोध गरिन्छ’, जारी सूचनामा भनिएको छ ।
सिफारिसबिना कसैले सिलिन्डर भरेर बिक्री वितरणको गरेको पाइएमा कारबाही हुने समेत सूचनामा भनिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत