होम आइसोलेसनका ९६ प्रतिशत संक्रमितको स्याहार परिवारबाट
५८.२ प्रतिशत संक्रमितलाई होम आइसोलेसनको क्रममा मानसिक अशान्ति
काठमाडौं । नेपालमा होम आइसोलेसनमा रहेका मध्ये ९६ प्रतिशत संक्रमितलाई परिवारले नै स्याहार गरेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले होम आइसोलेसनमा रहेका संक्रमितहरुको मानसिक एवं शारीरिक स्वास्थ्य अवस्थाबारे गरिएको अध्ययनमा सहभागिमध्ये ९५.९ प्रतिशत संक्रमितलाई परिवारले स्याहार गरेको पाइएको थियो ।
यसैगरी होम हाइसोलेसनमा रहेका ५९.३ प्रतिशत संक्रमितले घरेलु उपचार गुर्जाे र बेसारको प्रयोग गरेका थिए । साथै सो अध्ययनले ५.६ प्रतिशत संक्रमितले आयुवेर्दिक र २९.६प्रतिशतल संक्रमितले आधुनिक उपचार गरेको पाइएको देखाएको छ ।
उक्त अध्ययन ५३६ जनामा गरिएको थियो । यस्तै अध्ययनमा सहभागि संक्रमितमध्ये ६५.९ प्रतिशतले आफुहरुलाई कुनै लक्षण नै नदेखिएको बताएका थिए ।
लक्षण देखिएका संक्रमितहरुमा भने ज्वरो, खोकी, चिसो महसुस हुने, कमजोरी हुने, स्वादको कमी, गन्ध गुमाउने, मांसपेशी दुख्ने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, घाँटी दुखाइ, जोर्नी दुख्ने र वाकवाकी लाग्ने भएको थियो ।
होम आइसोलेसनमा रहँदा ५२.२ प्रतिशत संक्रमितले परिवारसँग पूर्ण रुपमा भौतिक दुरी कायम गरेको बताएका थिए भने ३५ प्रतिशतले कहिलेकाही भौतिक दुरी कायम गरेको र १२.५ प्रतिशले भने दुरी कायम नगरेको जानकारी दिएका थिए ।
५८.२ प्रतिशत होम आइसोलेसनको क्रममा मानसिक अशान्ति भएको पाइएको बताए । १० प्रतिशतलाई रोग लागेको स्वीकार्न समस्या पर्यो भने १.२ प्रतिशतलाई होम आइसोलेसनमा कुनै न कुनै किसिमको मानसिक समस्या भएको पाइएको थियो ।
तपाईँको अभिमत