तमिल अभिनेता विजय थलापतिको सभामा भागदौड मच्चिदा ३९ जनाको मृत्यु, ४० घाइते
राजनीतिमा आउनुभएका तमिल अभिनेता विजय थलापतिले सम्बोधन गरिरहेको सभामा भागदौड मच्चिदा ३९ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार थलापतिको नेतृत्वमा रहेको तमिलगा वेत्रि काझगम (TVK) पार्टीले शनिबार तमिलनाडुको करूरमा आयोजना गरेको राजनीतिक सभामा भागदौड मच्चिएको हो ।
भागदौडमा ४० जना गम्भीर अवस्थामा घाइते रहेको बताइएको छ । उता मृतकमध्ये महिला, पुरुष र बालबालिका समेत रहेका छन्।
कार्यक्रममा करिब ३० हजार मानिस सहभागी हुने अनुमान गरिएको थियो तर ६० हजारभन्दा बढी भेला हुँदा अवस्था नियन्त्रणबाहिर पुगेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। थलापतिले सम्बोधन गरिरहेका बेला भीड मञ्चतर्फ धकेलिएपछि सास फेर्न नसक्ने अवस्था सिर्जना भइ मानिसहरू बेहोस हुँदै ढल्न थालेका थिए।
विशेषज्ञहरूले उचित सुरक्षा व्यवस्था, आपतकालीन निस्कने बाटो र स्वास्थ्य पूर्वतयारीको अभावले दुर्घटना बढाएको बताएका छन्।

विजय थलापति
हेल्थपाटी
तपाईँको अभिमत