ब्लाक फंगसका कारण आँखाको शल्यक्रिया गरेका व्यक्ति डिस्चार्ज

प्रतिकात्मक तस्विर ।
काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचारत ब्लाक फंगसका ५ बिरामीमध्ये एक जना डिस्चार्ज भएका छन् ।
शिक्षण अस्पतालमा नेपालगञ्जका ४४ र ५२ वर्ष, दाङका ४८ वर्ष, काठमाडौं र ललितपुरका ६४/६४ वर्षका पुरुषलाई कोरोना संक्रमण पछि ब्लाक फंगसको समस्या देखिएपछि भर्ना हुनुभएको थियो ।
जसमध्ये आँखाको शल्यक्रिया गरिएका नेपालजञ्जका ४४ वर्षका पुरुष आज डिस्चार्ज हुनुभएको छ । नेपालगञ्जका ४४ वर्षका पुरुष, ललितपुर र काठमाडौंका बिरामीलाई कोरोना निको भइसकेपछि फंगसको समस्या देखिएको थियो भने नेपालगञ्जका अर्का र दाङका पुरुषलाई कोरोना निको नहुँदै ब्लाक फंगस देखिएको अस्पतालका एक स्वास्थ्यकर्मीले जानकारी दिनुभएको छ ।
अहिलेसम्म नेपालमा १० जनालाई ब्लाक फंगसको पुष्टि भएका मध्ये ५ जना त्रिवि शिक्षण अस्पतालमा उपचारत थिए ।
हेल्थपाटी
तपाईँको अभिमत