भारतमा कोरोनाविरुद्धको खोप लगाएका २ स्वास्थ्यकर्मीको मृत्यु
अ +
अ -
नयाँ दिल्ली । भारतमा कोरोनाविरुद्धको खोप लगाएका दुई जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार जनवरी १६ मा खोप लगाएका उहाँहरुको मृत्यु भएको हो ।
दुबैको मृत्यु खोपसँग सम्बन्धित नभई हृदयघातका कारण भएको बताइएको छ । मृत्यु हुने दुबै सरकारी अस्पतालका कर्मचारी हुनुहुन्थ्यो ।
उहाँहरुको आइतबार र सोमबार भएको हो । ५२ वर्षीय महिपाल सिंहको मृत्यु खोप लगाएको एकदिनपछि भएको हो भने ४३ वर्षीय नागराजुको सोमबार मृत्यु भएको हो ।
भारतमा शनिबारदेखि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिन थालिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत