स्वास्थ्य समन्वय महाशाखाको जिम्मेवारी डा.चुमनलाल दासलाई
अ +
अ -
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समन्वय महाशाखाको जिम्मेवारी डा.चुमनलाल दासले पाउनु भएको छ । दासलाई हिजाे (साउन १७ गते) मन्त्रालयले महाशाखाको जिम्मेवारी दिने निर्णय गरेकाे हाे ।
आफूले पत्र पाइसकेकाे र केही दिनमा कार्यभार सम्हाल्ने दासले जानकारी दिनुभयो । समन्वय महाशाखा प्रमुख प्रवक्ताको भूमिकामा समेत रहने व्यवस्था छ ।
अहिले महाशाखा प्रमुख यशोदा अर्याल हुनुन्छ । उहाँ अध्ययन बिदामा अमेरिका जाँदै हुनुन्छ ।
दास इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख हुनुन्थ्यो । केही समय अगाडि उहाँलाई महाशाखाबाट सरुवा गरि स्वास्थ्य मन्त्रालय तानिएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत