कोरोनाबाट मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

काठमाडौं । सन् २०१९ को अन्त्यबाट सुरु भएको कोरोना महामारीबाट मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म ४० लाख ९ हजार ८४ जनाको मृत्यु भइसकेको छ ।
यो संख्या सन् १९८२ यता संसारभर भएका विभिन्न लडाईँमा मारिने संख्या बराबर भएको पिस रिसर्च इन्स्टिच्यूट ओस्लोले जनाएको छ । त्यस्तै यो संख्या संसारभर हरेक वर्ष हुने सडक दुर्घटनामा मारिनेभन्दा तीन गुणा बढी हो । यो संख्या न्यूयोर्क सहरमा बसोबास गर्ने मानिसको संख्याको आधा हो ।
यद्दपि अझै मृतक संख्या बढ्ने बताइएको छ । हाल सरकारी स्रोतमा कतिपय मृतकको उल्लेख नभएकाले मृतक संख्या बढी हुने बताइएको छ । पछिल्लो समय खोपको प्रयोग र सावधानीले हरेक दिन मृत्यु हुनेको संख्या भने घटेको अध्ययनले देखाएको छ । पछिल्लो समय हरेक दिन ७ हजार ९ सयको हाराहारीमा मानिसको कोरोनाबाट मृत्यु भइरहेको अलजजिरा समाचार रिपोर्टमा उल्लेख गरिएको छ । यो संख्या जनवरीमा करिब १८ हजार रहेको थियो ।
तर पछिल्लो समय भारतमा पहिलोपटक देखा परेको डेल्टा भेरियन्टले खतरा घण्टी बजाएको अधिकारी बताउँछन् । यो अन्य प्रकारको कोरोनाभन्दा तीव्र गतिमा फैलिने गरेको विज्ञहरूले बताएका छन् ।
सबभन्दा बढी मृत्यु हुने १० मुलुक
अमेरिका : ६,०६४६८
ब्राजिल : ५,३०,१७९
भारत : ४,०५,०२८
मेक्सिको : २,३४,१९२
पेरु ः १,९३,७४३
रुस : १,३८,४४१
बेलायत : १,२८,६००
इटाली : १,२७,७३१
फ्रान्स : १,११,४७३
कोलम्बिया : १,११,१५५
पेरुस्थित एक अस्पतालमा कोरोनासँग मिल्दोजुल्दो लक्षणबाट मृत्यु भएकाको शव । तस्बिर : एपी
केन्यामा कोरोनाबाट मृत्यु भएका मुस्लिम समुदायका एक व्यक्तिको शवलाई गाड्नुपहिले खाडललाई निसंक्रमण गरिँदै । तस्बिर : एपी
भारतको गुहावटीमा कोरोनाबाट मृत्यु भएका आफन्तको अन्त्येष्टि गर्ने क्रममा घुँडा टेकेर प्रार्थना गर्दै एक महिला । तस्बिर : एपी
तपाईँको अभिमत