त्रिवि शिक्षण अस्पतालले माग्यो १०० जना नर्स
अ +
अ -
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) ले १०० जना नर्स माग गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै करार सेवामा १०० जना नर्स माग गरेको हो ।
अस्पतालले आन्तरिक स्रोतबाट तलब भत्ता उपलब्ध गराउने गरी रिक्त अस्थायी दरबन्दीमा यो भर्ना प्रक्रिया अगाडि बढाएको हो। सूचनाअनुसार इच्छुक उम्मेदवारहरूले आगामी २५ जेठ (जुन ८, २०२५) देखि १ असार (जुन १५, २०२५) बेलुका ५ बजेसम्म आवेदन दिन सक्नेछन्।
नर्सिङ विषयमा प्रमाणपत्र तह वा बिएस्सी नर्सिङ उत्तीर्ण गरेका योग्य व्यक्तिहरूले आवेदन दिन पाउने छन्।
हेल्थपाटी 
तपाईँको अभिमत