भारतसहित ४२ देशमा डेल्टा भेरियन्टको अर्काे रुप, बढी संक्रामक हुने डर
स्वास्थ्य अधिकारी र वैज्ञानिकहरुले कोरोना भाइरसको नयाँ उत्परिवर्तन (भेरियन्ट)लाई नजिकबाट ट्रयाकिङ गरिरहेका छन् जुन वास्तविक स्टे«नभन्दा बढी संक्रामक हुने चिन्ता छ ।
डेल्टा भेरियन्टको पनि अर्काे सहायक भेरियन्ट एवाई.४.२ दर्जनौ देशहरुमा फेला परिसकेको छ । डेल्टाको अर्काे भेरियन्ट वेलायतमा धेरै देखिरहेको छ । यसै हप्ता साप्ताहिक ब्रिफ्रिङका क्रममा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बढिरहेको भेरियन्टबारे गत जुलाई देखि नै निगरानीमा राखिएको बताएको छ ।
डब्ल्यूएचओले ९३ प्रतिशत बेलायतमा भेटिएको, संक्रमण बढ्नुमा यो भेरियन्ट जिम्मेवारी रहेको र डेल्टा भेरियन्टमध्ये ६ प्रतिशत हिस्सा एवाई४२ को रहेको जनाएको छ ।
नयाँ एवाई.४.२ स्ट्रेन के हो ?
एवाई. ४.२ स्ट्रेन डेल्टा भेरियन्टको सहायक स्ट्रेन हो जुन उच्च गतिमा सर्छ । बैज्ञानिकहरुले २ वटा स्पाइक प्रोटिनसहित ३ वटा म्यूटेशन पत्ता लगाएका छन् । डब्ल्यूएचओका अनुसार यो स्ट्रेन भारत, वेलायत, इजरायल, अमेरिका रसियासहित ४२ वटा देशमा भेटिएको छ ।
यो स्ट्रेनलाई डेल्टा प्लस पनि भनेर बुझिन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत